निलम्बित सांसद कोइरी संसदको उद्योग समितिमा

तु खबर संवाददाता
२०८० बैशाख १५, शुक्रबार १७:३५
file-photo

काठमाडौं । प्रहरी हत्या अभियोग लागेका एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा प्रस्तावित भएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेका छन् ।

निलम्बित सांसद कोइरी प्रतिनिधि सभा बैठकमा ३ पटक उपस्थित भएका थिए । त्यसयता उनी फरार रहँदै आएका छन् ।