राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

तु खबर संवाददाता
२०८० बैशाख ७, बिहीबार १६:४९
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको दिल्लीस्थीत नेपाली राजदूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बुधवार एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको थियो ।