उप–निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृती प्रदान

तु खबर संवाददाता
२०८० बैशाख ३, आईतवार १८:०८
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १० गते हुने उप–निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृती प्रदान गरेका छन् ।राष्ट्रपतिले सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्रीको पत्रको आधारमा सेना परिचालन गर्न स्वीकृती प्रदान गरेका छन् ।

उप–निर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ सेना परिचालनसम्बन्धी व्यवस्था छ । जसअनुसार अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को चैत २८ मा सिफारिस गरेपछि मन्त्रिपरिषद्को सोही दिनको बैठकले आवश्यक निर्णय गरेको थियो ।

त्यसको दुई दिनपछि अर्थात चैत्र ३० गते प्रधानमन्त्री प्रचण्डले लेखेको पत्रको आधारमा राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको हो ।

बैशाख १० मा बारा–२, चितवन–२ र तनहुँ–१ मा उप–निर्वाचन हुँदैछ ।