ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको मान्यता दिन एमालेको माग

तु खबर संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार १७:२९
file-photo

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको नेताको मान्यता दिन माग गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको नेताको मान्यता दिन माग गर्दै संसद सचिवालयलाई पत्र लेखेकका छन् ।

उनले संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधि सभाको विपक्षी दलको नेता भएको बताएका हुन् । गत फागुन १५ मा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।