भूमि अधिकार मन्च नगर अध्यक्षमा जी न्यौपाने

तु खबर संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १७:५७

मकवानपुर । राष्ट्रिय भूमि अधिकार मन्च नगर अध्यक्षमा गोविन्दप्रसाद (जी) न्यौपाने चयन भएका छन् । हेटौंडामा भएको प्रथम नगर अधिवेशनले नगर अध्यक्ष पदमा न्यौपानेलाइ सर्वसहमत चयन गरेको हो ।

यसैगरी, उपाध्यक्षमा टिकाप्रसाद भट्टराई, सचिवमा ज्ञानबहादुर थिङ, सहसचिवमा रुकमणी तिमल्सिना, कोषाध्यक्षमा अनुपा घलानलाई चयन गरिएको छ ।

यसैगरी, सदस्यहरुमा जमुना राई, कृष्ण बल, सोमबहादुर थोकर र दुर्गादेवी न्यौपाने पौडेल चयन भएका छन् । मन्चका जिल्ला सदस्य बिष्णु आचार्यको सभाध्यक्षतामा भएको अधिवेशनमा हेटौंडा–११ की वडा सदस्य गोपिनी साप्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्चका जिल्ला अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, जिल्ला सदस्य देवकृष्ण थोकर, टोल विकास संस्था वडा समन्वय समितिका हेटौंडा–११ अध्यक्ष यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।