नेपाल र ओलीबीच भेटवार्ता

तु खबर संवाददाता
२०७९ फाल्गुन २४, बुधबार १७:१०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

उनीहरुबीच बुधबार भेटघाट भएको हो । अध्यक्ष नेपालका भार्इ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा बस्दै आएका छन् ।

शोकको बेलामा परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली कोटेश्वरस्थित महादेवस्थान पुगेका हुन् ।