केपी ओली जितको नजिक
झापा । झापा क्षेत्र नम्वर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जितको नजिक पुगेका छन् । १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका थिए ।
झापामा अब गणना हुन १३ हजार भन्दा कम मत हुँदा अध्यक्ष ओलीले २३ हजार ६१५ मतले अगाडि रहेका छन् । ओलीले ४४ हजार ८०५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २१ हजार १५४ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ९ हजार ९३० मत प्राप्त गरेका छन् ।
