मन्दिरमा विवाह गर्न जन्म दर्ता प्रमाणपत्र अनिवार्य

तु खबर संवाददाता
२०७९ असार ५, आईतवार ०९:५९
file photo

जुम्ला । कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्न जाँदा जन्म दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्न जाने जोडीले स्पष्ट रुपमा परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको जनाएको छ ।

पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा अनिवार्य जन्म दर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि सारिएको चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष पुर्णसिंह कठायतले जानकारी दिए । उनका अनुसार, चालू आर्थिक वर्षदेखि यो नीति अघि सारेको हो ।