जुम्लामा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी
सुर्खेत । जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी गरेको पाइएको छ । जिल्लाको गुठीचौर गाउँपालिका –४ का ७ वटा घरमा आगजनी भएको पाइएको जुम्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आगजनी कसले किन गर्यो भन्ने विषय अहिलेसम्म खुलेको छैन । आगजनी एउटै गाउँको घरमा नभई विभिन्न गाउँका घरहरूमा भएको छ ।
आगो लगाइएको कुरा थाहा जानकारीमा आएसँगै जिल्लाबाट प्रहरीको टोली खटाइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
