मकवानपुरगढी २ मा पुनः कांग्रेसको प्यानल नै निर्वाचित
मकवानपुर । मकवानपुरगढी गाउँपालिका २ नम्वर वडा अध्यक्ष पदमा पुनः नेपाली कांग्रेसका बखान सिं पाख्रिन निर्वाचित भएका छन् । उनीसहित कांग्रेसको प्यानलनै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाख्रिन ११७१ मतसहित निर्वाचित भएका हुन भने नेकपा एमालेका सन्तबहादुर सिङ्गारले ५९७ र माओवादी केन्द्रका जीतबहादुर लोले ३३७ मत ल्याएका थिए । सो पदमा २६ मत बदर भएको थियो ।
२ नम्वर वडाबाट गाउँपालिका अध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तानलाई १ हजार २१८ मत प्राप्त भएको छ भने उपाध्यक्ष पदकी उम्मेदवार मानकुमारी पाख्रिनलाई १ हजार ४९ मत प्राप्त भएको छ ।
त्यस्तै अध्यक्षमा नेकपा एमालेका विदुर हुमागाईंलाई ७७४ मत प्राप्त हुँदा उपाध्यक्षकी उम्मेदवार सन्तु थिङलाई ६५७ मत प्राप्त भएको हो ।
