हेटौंडा–५ पिप्लेको रेष्टुरेण्टमा आगलागी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्लेमा रहेको एक रेष्टुरेन्टमा सोमबार अपरान्ह आगलागी भएको छ । द डुवर्स फ्यामेली रेष्टुरेन्टमा अपरान्ह आगलागी भएको हो । आगलागीबाट ४ वटा कटेज पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाको बारूण यन्त्र, वडा प्रहरी कार्यालयको टोली र स्थानीयको सहयोगमा करिब डेढ घण्टापछी आगो नियन्त्रणमा लिइएको छ । विद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी ४ लाख रूपैयाँको क्षति भएको जनाइएको छ ।
