शौर्य सिमेन्टले ल्यायो मकवानपुरका ग्राहकहरुका लागि उपहार योजना

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार १७:२७

मकवानपुर । शौर्य सिमेन्ट इण्डष्ट्रिज प्रालिले मकवानपुर जिल्लामा आफ्ना ग्राहकहरूका लागि ‘म आफ्नै शौर्यमा उभिन्छु’ शिर्षकमा लक्कि ड्र उपहार योजना सार्वजनिक गरेको छ । उदयपुरको चुनढुङ्गा प्रयोग गरी उत्पादित उच्च गुणस्तरको शौर्य ओपिसि सिमेन्ट १ सय बोरा खरिद गर्दा ग्राहकले एउटा नम्वर भएको स्क्र्याच कुपन प्राप्त गर्ने र त्यसमा स्क्र्याच गर्दा रु १ हजारदेखि १० हजारसम्म तत्कालै नगद प्राप्त गर्ने जनाइएको छ ।

त्यस्तै उक्त कुपनमा रहेको नम्वरको आधारमा लक्कि ड्रबाट प्रथम हुनेले टिभिएस कम्पनिको १२५ सिसिको एनटर्क स्कुटर, दोस्रो हुनेले ५२ इन्चको एलजी टिभी, तेस्रो हुनेले ३२ इन्चको सिजी टिभि र सान्वना हुनेले एक थान भित्ते घडी प्राप्त गर्ने शौर्य सिमेन्टका सेल्स अफिसर लक्ष्मण पौडेलले जानकारी दिए ।

सिरहाको मिर्चैयामा अवस्थित उद्योगले उच्च गुणस्तरको चुनढुङ्गा प्रशोधन गरी ढलानको लागि ५३ तथा ४३ ग्रेडको ओपिसि तथा प्लास्टरको लागि पिएसि सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । सिमेन्टको उच्च गुणस्तरका कारण प्रयोग गर्ने ग्राहकहरु सन्तृष्ट रहेकोसमेत पौडेलले बताए । पछिल्लो समयमा उपलब्ध अत्याधुनिक वातावरणमैत्री प्रविधि प्रयोगमा ल्याएको उद्योगले सिरहाको मिर्चैयामा प्लान्ट स्थापना गरि सिमेन्ट उत्पादन गरिरहेको छ ।