सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

तु खबर संवाददाता
२०७८ पुष १८, आईतवार १५:३८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो २ बजे बस्ने गरी बोइएको कांग्रेसले जनाएको छ । उक्त बैठक १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो पटक बस्न लागेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको बताए ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।