संवेदनशील टोल विकास संस्थाको दशौं वार्षिक साधारणसभा
मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्वर–९ स्थित संवेदनशील टोल विकास संस्थाको दशौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष नबराज कोइरालाको सभाध्यक्षमा भएको साधारण सभा हेटौडा उपमहानगरपालिका वडा नम्वर ९ का अध्यक्ष लक्ष्मणप्रसाद भन्डारीको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वयका सदस्य एवम् ९ नम्वर इन्चार्ज रामचन्द्र दाहाल, टोल विकास संस्था ९ नम्वर वडा समन्वयका अध्यक्ष यदुवंश खतिवडा, प्रगतिमा विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुली, सन्तोषी टोल विकास संस्थाका अध्यक्ष कुमार पौडेल, सृजना टोल विकास संस्थाका अध्यक्ष मेनुका पराजुली, सल्लाहकार भरतप्रसाद अधिकारी, उमा सिग्देल, कृष्णप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि भडांरीले समग्र टोल विकास संस्थाको चर्चा गर्दै ९ नम्वर वडा नगर भरीमा दोस्रो हुनुमा टोल विकास संस्थाको प्रमुख भूमिका रहेको उल्लेख गरेका थिए । उक्त साधारणसभामा प्रस्तुत अध्यक्षको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रतिवेदन सर्व सम्मत पारित गरिएको थियो । संस्थाकी सचिव लक्ष्मी वनले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष किशोर अर्यालले स्वागत मन्तव्य राखेका थिए ।
