नेपाल प्रहरीका एसएसपी यादवको शव झुण्डिएको अवस्थामा फेला

तु खबर संवाददाता
२०७८ पुष ९, शुक्रबार १४:३६

मकवानपुर । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने विषयमा एकिन भइनसकेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । उनको शव शवगृहमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको उच्च अधिकारीको शव शंकास्पद अवस्थामा फेला पर्नुलाई चासोका साथ हेरिएको छ ।