मिसेस तामाङ मकवानपुरमा सिन्तान
मकवानपुर । मिसेस तामाङ मकवानपुर २०७८ को विजेता पातली माया सिन्तान भएकी छिन् । शनिबार हेटौंडामा भएको मिसेस तामाङ मकवानपुर २०७८ प्रतियोगितामा सिन्तान विजेता बनेकी हुन् । ओपेरा इन्फोटेन्टमेन्ट सिने प्रालिको आयोजनामा भएको मिसेस तामाङ मकवानपुर २०७८ को टप ८ बाट फस्ट रनरप विन्दु रुम्बा, सेकेन्ड रनरपमा गंगा लामा विजेता भएको जनाइएको छ ।
ओपेराका संचालक विक्रम लुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा, गोले वंश तामाङ उत्थान समाज मकवानपुरका अध्यक्ष राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।
