भोलि र पर्सी थप २१ लाख ७६ हजार डोज जोन्सन खोप आउँदै
काठमाडौं । भोलि र पर्सी गरी करिब २२ लाख डोज कोरोना विरुद्धको खोप जोन्स एण्ड जोन्सन नेपाल आउने भएको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भोलि र पर्सी गरी २१ लाख ७६ हजार डोज जोन्सन एण्ड जोन्सन खोप आउन लागेको जानकारी दिए ।
उनका अनुसार भोलि बिहान ७ः४५ बजे ७ लाख १९ हजार ६५० डोज आउने छ । बाँकी १४ लाख ५७ हजार डोज खोप पर्सी आउने थापाले बताए । खोप युनिसेफ मार्फत आउन लागेको हो। यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । अन्य खोप भने दुई डोज लगाउनु पर्छ ।
