१०७२ मत गणना, ५३० मत सहित बानियाँ अग्रस्थानमा

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार ०३:०२
file-photo

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ५ सय ३० मत ल्याएर इन्द्रबहादुर बानियाँ अग्र स्थानमा छन् । भर्खर प्राप्त भएको मत परिणाम अनुसार, अहिलेसम्म कूल १०७२ मत गणना भएको छ । गणना भएको मतमध्ये ५३० मत बानियाँ, ४३५ मत जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानले ९९ मत प्राप्त गरेका छन् । बाँकी ८ मत बदर भएको छ ।
कांग्रेसको हिजो शनिबार भएको मतदानमा २ हजार ८३ जनाले मतदान गरेका थिए । अहिले सभापतिको मत गणनाको काम भइरहेको छ । मतदान सम्पन्न भएपछि प्रारम्भबाटै सभापतिको मत गन्न सुरु गरिएको हो । तु खबर संवाददाताका अनुसार, सभापतिका तीनै जना उम्मेदवार मत गणनास्थलमा बसिरहेका छन् ।