कांग्रेस अधिवेशन : ९८ प्रतिशत मतदाताले गरिसके मतदान

निर्वाचन समितिले भन्यो – २१०५ जनाले होइन, २०८३ जनाले मतदान गरे
तु खबर संवाददाता
२०७८ मंसिर १८, शनिबार २१:०६

हेटौंडा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिवार जारी बागमती प्रदेशको  मतदानमा हालसम्म २ हजार १ सय ५ मत खसेको छ । यससंगै ९८ प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागि भएका छन् । कूल २ हजार १ सय ५० जना मतदाता रहेकोमा २ हजार १ सय ५ जनाले मतदान गरिसकेको प्रदेश निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

अब ४५ जनाले मतदान गर्न बाँकी छ । निर्वाचन समितिले बाँकी मतदातालाई मतदानको लागि माइकबाट आग्रह गरिरहेको छ । सभापति पदका उम्मेदवारहरु इन्द्रबहादुर बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेन दास प्रधानले पनि मतदान गरिसकेका छन् । त्यस्तै नेता प्रकाशशरण महत र प्रकाशमान सिंह, महालक्ष्मी उपाध्याय डिनाले पनि मतदान गरिसकेका छन् ।

निर्वाचन समितिले भन्यो – २१०५ जनाले होइन, २०८३ जनाले मतदान गरे

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको हेटौंडामा जारी महाधिवेशनमा २ हजार १ सय ५ जनाले मतदान गरेको भनी यसअघिको सूचनामा निर्वाचन समितिले संशोधन गरेको छ । सो समितिका अनुसार, मतदान सकिएको छ र २ हजार ८३ जना मतदाताले मतदान गरेका छन् । ६८ जना मतदाता मतदानमा अनुपस्थित भएको पनि निर्वाचन समितिले जनाएको छ ।  यसअघि २१०५ वटा मतपत्र हस्ताक्षर गरी भित्र पठाइएको निर्वाचन अधिकृत केशब काफ्लेले जानकारी दिएका थिए ।

 २०७८ मंसिर १८ गते शनिबार राति ११ः२६ मा अध्यावधिक गरिएको । सं.