वडा अधिवेशन गर्न हतार नगरौँ – उपाध्यक्ष शाक्य

तु खबर संवाददाता
२०७८ कार्तिक ३, बुधबार १७:३३
file-photo

काठमाडौँ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहराले  पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन गर्न हतार भएको बताएकी छिन् । उनले यही कार्तिक ६ गते वडा तहको अधिवेशन गर्न लागिएकोमा असन्तुष्टि व्यक्त गरेकी हुन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन् ।

नेकपा एमालेले पार्र्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन् । उनले आफूले पार्र्टी भित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहोरयाइन् । उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यकता औंल्याइन् । समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो ।