श्रीमतीको कुटपिटका कारण श्रीमानको ज्यान गयो

तु खबर संवाददाता
२०७८ कार्तिक १, सोमबार १३:१६
सांकेतिक तस्वीर

तेह्रथुम । तेह्रथुममा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । छथर गाउँपालिका वडा नं – ३ ज्यामिरेका ५४ वर्षीय गोबिन्द बहादुर लिम्बुको उनकै श्रीमती ५२ वर्षीया भक्त कुमारी लिम्बुको कुटपिटबाट मृत्यु भएको हो । आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको हो । उनीहरुबीच आफ्नै घरमा झगडा भएको हो ।

कुटपिटका क्रममा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्द बहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान रिफर गरिएको छ । प्रहरीले मृतक गोबिन्द बहादुरको शव पोष्टमार्टमको लागि शव गृहमा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।