आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ आश्विन ४, सोमबार ०९:०४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भाजना रहेको जनाएको छ । साथै हाल वर्षा तथा गण्डकी र सुदूरपश्चिम प्रहेको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाले हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको जानकारी दिएको छ । महाशाखाले आजको मौसमपूर्वानुमान जारी गर्दै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । महाशाखाले वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।