यस्तो छ आजको मौसम

तु खबर संवाददाता
२०७८ भाद्र २७, आईतवार ०९:१०
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जनाएको छ ।

साथै महाशाखाका अनुसार, मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशको पहाडी भू–भागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ ।

आज देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, सोमबार र मंगलबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।