स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

तु खबर संवाददाता
२०७८ भाद्र २४, बिहीबार १७:३०

मकवानपुर । प्रतिमान निमा मेमोरियल फाउन्डेशनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई आज एक करोड मुल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्नेगरी सामग्री हस्तान्तरण गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतकाको उपस्थितीमा फाउन्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

फाउन्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीइ २ सय ७६ थान, ग्लोब्स एक लाख थान लगायतका विभिन्न सामाग्री आज हस्तान्तरण गरिएको हो । यो समाग्रीको दुरुपयोग हुन नदिइकन सदुपयोग हुने मन्त्री कटुवालले बताए ।