आज संसद बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज (बुधबार) बस्दैछ ।
दुबै सदको बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
