परिवार दलका अध्यक्ष ढकाल चार दिने भारत भ्रमणमा
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल आज एयर इन्डियामार्फत दिल्ली भ्रमणका लागि लागि प्रस्थान गरेका छन् ।
छिमेकी मुलुक भारतका सांसदहरुको निमन्त्रणामा उनी शुक्रबार दिल्ली प्रस्थान गरेका हुन् ।
अध्यक्ष ढकाल ४ दिनसम्म भारत भ्रमणमा रहने जनाइएको छ । उनले इंडिया इन्टरनेश्नल सेन्टरमा आयोजित क्षेत्रीय शान्ति तथा सुरक्षा सम्बन्धी कार्यक्रममा सहभागिता जनाउनुको साथै २ देशबीचको मित्रता अभिवृद्धि गर्न भारतीय नेताहरुसंग भेटघाट गर्ने कार्यक्रमसमेत तय भएको परिवार दलले उल्लेख गरेको छ ।
नेता ढकालको साथमा छोरी एस्थर र दलका प्रवक्ता सन्तोष पौडेलसमते दिल्ली गएका हुन् ।
