अध्यक्ष थापाद्वारा राप्रपा बकैया गाउँपालिकाको कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार १८:२९

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको बकैया गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

आज (बिहीबार) राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले बकैया गाउँपालिका–३ हात्तीसुँडेमा पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले सत्तामा पुग्न र टिक्क बिदेशिको मुख ताक्ने आत्मसमर्पणबादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन् ।

अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटिदिएको घटना समेत बंग्याउन बाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउछ भन्ने आशा गर्न नसकिने बताए ।

उनले भने –‘जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ ।’ धर्म, सँस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भब नहुने भन्दै थापाले राष्ट्रियता, स्वाधिनता सङ्गै धर्म, सँस्कृती पहिचान जोगाउन नेपाली जनता एकजुट हुनु आवश्यक रहेको बताए ।

लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै थापाले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबलसहित स्थानीय तहको निर्वाचनको तयारीसहित अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा , बद्री कुँवर ,दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ ,अर्जुन तिमल्सिना ,भरत लामिछाने , राजाराम अर्याल, भृगु कार्की लगायतको उपस्थिति रहेको थियो ।