भीमफेदी–कुलेखानी सडकखण्डमा खसेको पहिरो हटाइयो
मकवानपुर । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी–कुलेखानी सडकखण्डमा खसेको पहिरो हटाई यातायात सेवा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराति देखिको निरन्तर वर्षाको कारण इन्द्रसरोबर गाउँपालिका वडा नम्वर ३ थिङ्डाँडामा पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध बनेको थियो ।
प्रहरीका अनुसार सडकखण्डका अन्य स्थानमा पनि स–साना पहिरो गएको भएपनि हाल त्यसलाई हटाएर यातायात संचालनमा ल्याइएको छ ।
पछिल्लो दिनहरु दिनहुँ वर्षा भईराख्दा पहिरो जाँदा सडक अवरुद्ध भईरहेको छ ।
