भीमफेदी–कुलेखानी सडक आजदेखि पुनः संचालनमा

तु खबर संवाददाता
२०७७ चैत्र ११, बुधबार ०९:३१

मकवानपुर । गत माघ १० गतेदेखि बन्द रहेको भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा आजदेखि यातायात पुनः संचालनमा आएको छ ।

पुरानो सडकलाई स्तोरन्नती र कालोपत्रे गर्न बन्द गरिएको उक्त सडकखण्डमा दुई महिनापछि आज बिहानदेखि यातायात पुनः संचालनमा आएको हो ।

उक्त सडकखण्डमा मोटरसाईकल, सुमो, बसलगायत सबैप्रकारको सवारीसाधन आज बिहानदेखि संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदी जनाएको छ ।

सडक स्तरोन्नतीको लागि बागमती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले यसै चालु आर्थिक वर्षभित्र बजेट विनियोजित गरेनुसार सडकको निर्माण कार्य गरिएको यातायात निर्देशनालयका निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिए ।

उनका अनुसार, भीमफेदीदेखि देउराली भञ्ज्याङ्सम्मको ८ किलोमिटर सडकमा रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबीचौरसम्मको साढे ७ किलोमिटर सडकमा रु १६ करोड गरी ३४ करोडको बजेटमा सडक निर्माण गरिएको हो ।

त्यस्तै, भीमफेदीदेखि कुलेखानीको हेबीचौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्र गर्ने कार्य भइरहेको र आगामी जेठ मसान्तभित्रै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई निदेशन दिई कार्यान्वयन गराइएको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

यसैगरी, मदनभण्डारी राजमार्ग अन्तरगत पर्ने सिस्नेरीदेखि काठमाडौंको दक्षिणकालीका जोड्ने सडकको पनि स्तरोन्नती गर्ने कार्य अहिले धमाधम भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*