आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
२०७८ भाद्र १२, शनिबार ०७:५८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशका केही–केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।
आज देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै आज प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी र बाँकी प्रदेशका एक÷दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
