हेटौंडा अस्पतालको कोभिड इन्चार्जमा डा. विडारी

तु खबर संवाददाता
२०७८ भाद्र ९, बुधबार ०८:३९

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको इन्चार्जमा डाक्टर प्रसान्त विडारी चयन भएका छन् ।

प्रतिस्ठानका सदस्य उत्सव चौलागाईका अनुसार, हेटौंडा अस्पतालके कोभिड इन्चार्जमा डा. बिडारी चयन भएका हुन् ।

यसअघि अस्पतालको कोभिड इन्चार्जमा डाक्टर सागर काफ्ले रहेका थिए ।

डा. विडारी पहिला देखिनै आइसियुको इन्चार्ज थिए ।