विरोध खतिवडा र मुनु सिग्देल माधव नेपालले गठन गरेको पार्टीको केन्द्रीय सदस्य मनोनित

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १९:४२

मकवानपुर । एमालेका वरिष्ठ नेता माधव नेपालले बुधबार गठन गरेको नेकपा एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मकवानपुरका ३ जनाले जिम्मेवारी पाएका छन् ।

जिम्मेवारी पाउनेहरुमा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, बागमती प्रदेशसभा सदस्य एवम् एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल र गोमा विष्ट रहेका छन् ।

सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि माधव नेपाल पक्षले बुधबार नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।