संसद अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने
काठमाडौं । सरकारको सिफारिससंगै आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोमबार राति १२ बजेबाट लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् ।
सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको बुझिएको छ ।
