भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरिएको विषयमा आपत्ती
मकवानपुर । नेकपा एमाले निकट नेपाल किसान संघले सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरेको भन्दै गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले मकवानपुरको जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै सरकारको कदम सच्याउन माग पनि गरेको छ ।
देशभरमा सुकुम्वासी र अव्यवस्थित बसोबासीको अधिकारका लागि निर्माण गरिएको आयोगले तीब्र गतिमा काम गरिरहेको अवस्थामा सरकारले गरिब भूमिहिनको अधिकार खोसेको संघका अध्यक्ष विष्णु दंगालले बताए ।
आफु बसेको जमिनको लालपुर्जा नपाउँदा भूमि नहुँदाको अवस्था निकै पीडादायी रहेको भन्दै सरकारले गरिब भूमिहीन नेपाली नागरिकलाई अधिकारबाट बञ्चित गराउन खाजेको विज्ञप्तिमा भनिएको छ ।
