विश्वासको मत लिनुअघि गरेको प्रतिवद्धता पुरा गर्न आग्रह

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार १७:४७

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको महत्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रतिवद्धता तत्काल पुरा गर्नुपर्ने बताएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।