प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।
नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे प्रचण्ड कोटेश्वर पुगेका थिए ।
प्रचण्ड फर्किएलगत्तै नेपाल निवासमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव त्यहाँ पुगेको थाहा लागेको छ ।
भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको बताइएको छ ।
