भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसंगै भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् ।
उनले देउवालाई सफल कार्यकालको बधार्इ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

