प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुख सापकोटाले दिए बधाई

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार १७:३०
file-photo

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले सबै सांसदहरुलाई बधाई दिएका छन् ।

संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् ।

उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’ प्रतिनिधिसभाको सार्वभौम अधिकार पुनःस्थापित गर्न योगदान पु¥याउने सबैलाई उनले धन्यवादसमेत दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*