देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन् – ओली

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार १५:०४
file-photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने र कसैले दिएमा उनीहरु एमालेमा रहन नसक्ने बताएका छन् ।

‘पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन सक्दैनन् ।’ ओली पक्षको बैठकमा घोषणा गरिएको छ ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

संसद अधिवेशनको पहिलो दिनको बैठकमा औपचारिकता पूरा गर्ने परम्परा भएपनि एमाले एकतावद्ध भइहाल्छ कि भन्ने मनसायले हतार–हतार विश्वासकोमत लिन खोजेको ओली पक्षका नेताहरुको निष्कर्ष छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*