दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने संसदको कार्यसूची तय

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार १२:४२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन् ।

आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले विश्वासको मत लिने भएका हुन् ।

केहीबेरअघि सम्पन्न भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।

यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन् ।

सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको बैठक आज अपराह्न चार बजे बस्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*