प्रदेश २ – मन्त्रिपरिषद् आज विस्तार गरिँदै, माओवादी सरकारमा सहभागि हुने

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार १०:०९

मकवानपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।

माओवादीलाई कुन मन्त्रालय दिने भन्ने बारे थाहा भइसकेको छैन ।

प्रदेश २ सरकारमा नेपाली कांग्रेस यसअघि नै सहभागी भैसकेको छ । उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएर कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*