प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।
सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले अब खरिदबिक्री गर्न पाउनेछन् ।
कम्पनीको सम्पन्न साधारणसभाबाट पारित भएको कुल चुक्ता पुँजीबाट १० प्रतिशत बोनस शेयर आज नेपसेमा सूचिकृत भएको छ ।



