जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट, कस्तो आउला आदेश
काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् ।
जनता समाजवादी पार्टीमा पनि सत्तारोहणका कारण किचलो हुँदै आएको छ । डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम मिलेर जसपा भएको थियो ।
पछिल्लो समय केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने, नहुने जस्ता राजनीतिक विषयमा जसपामा झमेला हुँदै आएको थियो ।
