मामाघर नेपाल मकवानपुरलाई फर्निचर सामान सहयोग

तु खबर संवाददाता
२०७८ असार १३, आईतवार १७:२४

मकवानपुर । मकवानपुर घर भई हाल अष्ट्रलियामा बस्दै आएका मकवानपुर कम्युनिटी अष्ट्रेलियाका  समूहले मामाघर नेपाल मकवानपुरलाई फर्निचर सामान सहयोग गरेको छ ।

समूहले  हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित मामाघर नेपाल मकवानपुरलाई ४ वटा दराज सहयोग गरिएको हो ।

सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरमा आश्रित बालबालिकाहरुले प्रयोग गर्ने गरी रु ५० हजार रकम बराबरको दराज सहयोग गरेको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिए ।

विदेशी भुमिमा आफ्नो श्रम र पसिना बगाएर कमाएको पैँसाले केहीँ रकम छुट्टाएर अनाथ÷असहाय सडक बालबालिकाको कल्याणको लागि गरिएको सहयोगको लागि संरक्षक पराजुलीले आभार व्यक्त गरेका छन् ।

मकवानपुर कम्युनिटी अष्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्ष विरोध थिङ, सचिव शुभेच्छा लामिछाने, कोषाध्यक्ष, विषम गौतम, जनसम्पर्क अधिकारी सज्जन कार्की, सदस्यहरु अमित आचार्य, सुजन अर्याल, राजिव सापकोट, प्रताप लामा, जीवन जोशी, सुशील डंगोल, सौरभ बानियाँ, संरक्षक बिक्रम शर्मा खरेल, सल्लाहकार सिद्धार्थ लामिछानेलगायतकाको समूहले सहयोग प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*