महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगले भन्यो – कारवाही सम्बन्धि पत्रको ढाँचा मिलेन

तु खबर संवाददाता
२०७८ जेष्ठ १९, बुधबार १६:५४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी दुबै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले पठाएको कारवाही सम्बन्धि पत्रको ढाँचा नियमावली अनुसार नभएको जानकारी दिएको छ ।

अध्यक्ष ठाकुर र यादव दुबैले एक अर्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएका थिए । आयोगले अध्यक्ष ठाकुरसँग भने केन्द्रीय समितिको निर्णयको प्रतिलिपि समेत प्रस्तुत गर्न भन्दै पत्राचार गरेको छ ।

केन्द्रीय समितिले गरेको निर्णय हस्ताक्षरसहितको प्रतिलिपि उपलब्ध गराउन आयोगले पत्राचार गरेको हो । आयोगले यादव पक्षलाई पनि राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची अनुसार निवेदन दिन पत्र पठाएको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*