परिवार दलद्वारा गणतन्त्र दिवशको शुभकामना

तु खबर संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १०:४८

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले १४ औँ गाणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिँदै नयाँ संविधानले ग्रामीण क्षेत्रका नेपालीको मुहारमा खुसी छर्न सक्नु पर्ने बताएका छन् ।

नेपाली जनताको अथक प्रयास र बलिदानबाट प्राप्त भएको उपलब्धी संस्थागत हुने त्रममा रहेको बताउँदै अध्यक्ष ढकालले गणतन्त्रपछि जनभावना अनुरुप तीव्र गतिमा काम हुन नसकेको उल्लेख गरेका छन् ।

राजनीतिले निश्चित बाटो नसमातेसम्म स्थायित्व र विकासले गति लिन नसक्ने बताउँदै ढकालले नेपालमा स्थायित्व कायम गर्न संविधानको इमान्दारितापूर्वक कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

सबल राष्ट्रियता, सामाजिक सद्भाव, नैतिकवान् समाज, समानता, सुशासन, र आर्थिक समृद्धिसहितको समावेशी प्रकृतिको संघीय लोकतान्त्रिक गणतन्त्रको सस्थागत विकास चाहन्छ, ढकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*