राष्ट्रियसभा उपनिर्वाचन – दिउँसो १:४५ बजेसम्म ३३२ जनाले गरे मतदान
मकवानपुर । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचनमा हालसम्म ३ सय ३२ जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माविको भवनमा विहान ९ बजेबाट दिउँसो १ः ४५ बजेसम्ममा कूल ३ सय ३२ जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत श्रेष्ठले पुष्टि गरे ।
उनका अनुसार (क प्रदेशसभा सदस्यको लाइनबाट ९५ जनाले मतदान गरेका छन् भने (ख) स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लाइनबाट २ सय १२ जनाले मतदान गरेका छन् । त्यस्तै (ग) कोरोना संक्रमित मतदाताको लाइनबाट २० जना स्थानीय तहका प्रमुख उपप्रमुख र ५ जना प्रदेशसभाका सांसद्हरुले मतदान गरेका हुन् ।
मतदान प्रक्रियामा कूल ३ सय ४८ जना मतदातामध्ये ३ सय ४७ जनाले मतदान गर्न पाउनेछन् । प्रदेशसभा सदस्य पशुपति चौँलागाईको केही समयअधि निधन भएको भएको थियो ।
त्यस्तै विवेकशील साझा पार्टीले निर्वाचनमा सहभागि नहुने जनाएको छ । विवेकशीलको प्रदेशसभामा ३ जना सांसद् छन् ।
अब १५ जनाले मात्रै मतदान गर्न बाँकी रहेको जनाइएको छ ।
