बागमती प्रदेशमा एकैदिन ३४ जना कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ बैशाख २९, बुधबार ०९:५५

मकवानपुर । बागमती प्रदेशमा एकैपदन ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् ।

प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जना महिला र ७ जना पूरुष गरी कुल १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार ललितपुरका ४ जना, भक्तपुरका ३ जना, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः २/२ जनाको मृत्यु भएको छ ।

त्यस्तै रसुवा, रामेछाप र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको छ ।

योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६५३ जना पुगेको छ ।

त्यस्तै, प्रदेशमा पछिल्लो २४ घण्टामा ४ हजार ६५५ जना कोरोना संक्रमित थपिएका छन् ।  यससँगै प्रदेशमा हाल  सक्रिय संक्रमितको संख्या ५३ हजार ३७५ जना छन् ।

तीमध्ये  संस्थागत आइसोलेसनमा २ हजार ४८१ जना, विभिन्न अस्पतालले संचालन गरेको एचडियूमा ३७८ जना, आइसीयूमा ६९८ जना, भेन्टिलेटरमा २२० जना उपचाररत रहेका छन् ।

त्यस्तै ४९ हजार ५९८ जना संक्रमितहरु होम आइसोलेशन बस्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*