राष्ट्रिय सभाको उपनिर्वाचनमा डा. देवकोटाले मागे कलम चुनाव चिन्ह
मकवानपुर । राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले चुनाव चिन्ह कलम माग गरेका छन् ।
डा. देवकोटाले आफु स्वतन्त्र उम्मेदवार भएको दावी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गरको हुन् ।
उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित निर्वाचन अधिकृत तथा न्यायायधीश डिल्लिरत्न श्रेष्ठसँग छलफलमा छन् ।
देवकोटाको उमेदवारी दर्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले समर्थक र माओवादी केन्द्र संसदीय दलका नेता जम्मकट्टेल प्रस्तावक रहेका छन् ।
