सहयोगी मनद्वारा कोरोना संक्रमितहरुका लागि पौष्टिक आहार सहयोग

तु खबर संवाददाता
२०७८ बैशाख १८, शनिबार ११:४८

मकवानपुर । सहयोगी मन नेपाल नामक परोपकारी संस्थाले हेटौँडा उपमहानगरपालिका वडा नम्वर–६ स्थित गौरिटार रंगशालाको आइसोलेशनमा बस्दै आएका कोरोनाका संक्रमित बिरामीहरुलाई खाद्यान्न तथा शक्तिबर्दक खाद्य पदार्थ उपलब्ध गराएको छ ।

संस्थाका अध्यक्ष केदार प्रसाद चौँलागाईले आइसोलेशनमा नै पुगेर आइसोलेशनका प्रमुख डा. राजदेव देवकोटालाई १० बोरा चामल र फलफूल तथा ओखरलगायतका शक्तिबर्दक खाद्य पदार्थ सहयोग उपलब्ध गराएका हुन् ।

संक्रमित विरामीहरुलाई पौष्टिक आहारको कमि नहोस् भन्ने उदेश्यले उक्त सामग्री सहयोग उपलब्ध गराइएको अध्यक्ष चौँलागाईले जानकारी दिए ।

संक्रमित भएर आइसोलेशनमा बस्दै आएकाहरुको परिवारमा पनि खाद्य संकटको अवस्था सृजना भएको थाहा भए सहयोग गर्न आफुहरु तयार रहेको अध्यक्ष चौँलागाईँले प्रतिबता व्यक्त गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष अर्जुन प्रसाद चौँलागाई र कृष्ण प्रणामी युवा परिषद् गौरिटार मन्दिरका अध्यक्ष प्रदिप बास्तोलालगायतको उपस्थिति रहेको थियो ।

सहयोगी मन नेपालले यसअघि पनि विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएको छ ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*